काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बताउनुभएकाे छ । मन्त्री शर्माले अहिले राजस्वले चालु खर्च पनि धान्न मुस्किल भएको बेला निजी क्षेत्र निजी स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बेला भएको बताउनुभयाे । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आज बुधवार काठमाण्डाैमा आयोजना गरेको आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले निजी क्षेत्रको प्राथमिकता देश निर्माण र आर्थिक विकासमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो । उहाँले निजी क्षेत्रका ...