काठमाडौं, २२ माघ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थाप्नु गलत भएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कांग्रेसले ढोक्सा थापेर अहिलेको गठबन्धनलाई तोड्ने काममा लागिपरेको आरोप लगाए। कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीमा आफू बाहेक अरुलाई स्वीकार्न नसकेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उनले बताए।कांग्रेसको उदेश्य राष्ट्रपतिको निर्वाचनमा समस्या खडा गर्नु रहेको उनले स्पष्ट पारे।