काठमाडौं : दक्षिण अफ्रिकामा पुष्टि भएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ छिमेकी मुलुकमा देखिएसँगै नेपालमा पनि जोखिम बढेको छ। जसकारण अहिले सर्वसाधारण त्रसित बन्दै गएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार सो भेरियन्ट नेपालमा छ कि छैन भनेर पुष्टि गर्न (जीन सिक्वेन्सिङ) लागि ७ सय ५० नमुना बेलायत परीक्षण गर्न पठाइएको छ। त्यसो त नेपालमा पनि संक्रमण देखिएमा पुनः शैक्षिक क्षेत्