'पिताजीको स्वप्नबाटिका हो नर्भिक, जहाँ फूलहरु रोगमुक्त मुस्कान हाँसिरहेका छन्'

प्रविधिको हिसाबले पनि नर्भिक सधैं अगाडि रह्यो। ३० वर्षअघि नेपालमा पहिलोपटक निजी क्षेत्रमा इको मसिन ल्याउने पनि नर्भिक नै हो। क्याथब्लयाब सुरु गर्ने पनि नर्भिक नै हो भने बाइपास सर्जरी सुरु गर्ने पनि नर्भिक नै हो। नर्भिकले यस्ता धेरै प्रथम कार्यहरु गरेको छ। त्यसको फेहरिस्त मैले अहिले पढ्न थालेँ भने धेरै समयको आवश्यकता पर्दछ।