समानता घरबाटै थालौँ, बोल्नुको साटो देखाऔँ

आज २१ औं शताब्दीमा आइपुग्दा हरेका गाउँ, शहर, देश र विदेशमा लैङ्गिक हिंसाविरुद्ध थुप्रै संघसंस्था, मानवअधिकारकर्मी, सरकार, गरिब या धनी देश सबैतिर चर्चा हुने गरेको छ । चर्चा–परिचर्चा, गोष्ठी, सेमिनार लगायत पत्रकारहरूले सञ्चारमाध्यमबाट आवाज उठाउने काम भइरहेको छ । तर, लैङ्गिक हिंसा समस्या ज्यूँका त्यू छ ।कार्यालयदेखि देश÷विदेशसम्म महिला हिंसाका घटना भइरहेका छन् । बाबुले छोरीलाई, दाजुले बहिनीलाई, श्रीमानले श्रीमतीलाई या साथी÷साथीबीच हिंसाले प्रश्रय पाइरहेको छ । विभेदबाट घर, परिवार