१३ जना यात्रु बोकेको रुसी जहाज सम्पर्कविहीन

१३ जना सबार रुसी एक जहाज सम्पर्कविहीन भएको छ । उड्डयन विभागका अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले २८ यात्रु क्षमता रहेको विमान साइबेरियाको टम्स्कबाट सम्पर्कविहीन बन्न पुगेको उल्लेख गरेको छ । इन्टरफ्याक्स र टीएएसएस समाचार संस्थाले विमान १३ जना यात्रु रहेको जनाएको छ । तर आरआईए नोभोस्टीले भने विमानमा १७ जना सबार रहेको जनाएको छ ।

सम्बन्धित सामग्री

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर बिहान ९:५५ बजे उडेको ९ एनएईटी ट्वीनअटर जहाज सम्पर्कविहीन भएको हो । जहाजमा १३ जना नेपाली, ४ जना भारतीय र २ जना विदेशी नागरिक सवार थिए ।उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को-पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापा […]