५.२२ अंकले बढ्यो नेप्से, साढे ६ अर्बको शेयर खरीदविक्री भएको बजारमा नबिल बैंकको सर्वाधिक हिस्सा

कात्तिक १७, काठमाडौं ।  तिहार अघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव २२ अंकले बढेको छ । २ हजार ८५८ दशमलव ७४ विन्दुबाट शुरु भएको बजार शून्य दशमलव १८ प्रतिशतले वृद्धि भएर २ हजार ८३७ दशमलव ६१ विन्दुमा पुगेर बन्द भएको हो ।  यो दिन कारोबारमा आएका २२९ ओटा कम्पनीको ९९ लाख ९५ हजार ५२२ कित्ता शेयरको ६१ हजार ७४५ पटकमा रू. ६ अर्ब ५५ करोड ३० लाख ५९ हजार १५२ बराबरको शेयर खरीदविक्री भएको छ ।  यो दिन कारोबारमा आएका कम्पनीहरु मध्ये तीन ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । महालक्ष्मी विकास बैंक, आईसीएफसी फाइनान्स र साहस उर्जा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । महालक्ष्मी विकास बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने आईसीएफसी फाइनान्स र साहस उर्जा कम्पनीको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको छ ।  यो दिन सबैभन्दा बढी शेयरमूल्य घट्ने कम्पनीमा छ्याङ्दी हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव ५९ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४९० मा झरेको हो । त्यसैगरी, यो दिन सर्वाधिक शेयर खरीदविक्री नबिल बैंकको भएको छ । उक्त कम्पनीको रू. १ अर्ब १७ करोड ९७ लाख ८६ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ६५३ कायम भएको छ ।  कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा महालक्ष्मी विकास बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ८०३ मा रू. ३५ करोड १७ लाख बराबरको शेयर खरीदविक्री भएको छ । यो दिन कारोबारमा आएका १३ ओटा समूहमध्ये ५ ओटा समूहको परिसूचक घटेको छ भने बाँकी ८ ओटा समूहको परिसूचक बढेको छ । व्यापार समूहको परिसूचक शून्य दशमलव ८३ प्रतिशत, होटल एण्ड टुरिजम समूहको १ दशमलव ८३, निर्जीवन बीमा समूहको शून्य दशमलव ८६ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ३१ प्रतिशत र लगानी समूहको परिसूचक शून्य दशमलव २७ प्रतिशतले घटेको छ ।  त्यस्तै, बैंकिङ समूहको परिसूचक शून्य दशमलव ४१ प्रतिशत, विकास बैंक समूहको परिसूचक शून्य दशमलव १२ प्रतिशत, हाइड्रोपावर समूहको शून्य  दशमलव ७२ प्रतिशत, वित्त समूहको शून्य दशमलव ३९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ३५ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै अन्य समूहको शून्य दशमलव १५ प्रतिशत, माइक्रोफाइनान्स समूहको शून्य दशमलव ३२ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव ३१ प्रतिशतले बढेको हो ।  यसअघि छोटो समयमा बजार धेरै घटेकाले लगानीकर्तामा अझै पनि त्रासको भावना देखिएको छ । शेयर बजार तलमाथि भइरहने भएकाले नाफा–घाटाको क्रम पनि चलिरहने गर्छ ।  तसर्थ, लगानीकर्ताले विचार पुर्‍याएर शेयर कारोबार गर्नुपर्ने हुन्छ । लगानीकर्ताले अल्पकालीन, मध्यकालीन वा दीर्घकालीन कुन अवधिका लागि किन्ने हो यकिन हुन जरुरी हुन्छ । लगानी गरिएका कम्पनीको आधारभूत तथा प्राविधिक पक्ष हेरेर मात्र लगानी गर्दा राम्रो प्रतिफल प्राप्त हुन्छ । 

सम्बन्धित सामग्री

झिनो अङ्कले बढ्यो नेप्से

काठमाडौं, १८ मंसिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव १६ अंकले बढेर एक हजार नौ सय ६३ दशमलव २२ अङ्कमा पुगेको छ । आजको भएको कारोबारमा दुई सय ४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ कित्ता सेयर रु एक अर्ब ५६ करोड १७ लाख दुई हजार नौ सय ९२ मा कारोबार भएको छ […]

झिनो अंकले बढ्यो नेप्से

काठमाडौं, १३ मंसिर । साताको कारोबारको तेस्रो दिन आज शेयर बजारमा झिनो अंकको वृद्धि भएको छ । मंगलबार नेप्से परिसुचक २ दशमलव ९९ अंकले बढेर १९५३ दशमलव ३५ अंमा रोकिएको हो । यसैगरी, आज २५ लाख ८९ हजार ९९७ कित्ता शेयर खरिद विक्रि हुँदा नेप्सेमा ९५ करोड ७० लाख ६० हजार रुपैयाँको कारोबार भएको छ […]

सोमबार दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं, २८ असार । नेपाली शेयर बजारमा आज हरियाली छाएको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसुचक ११ दशमलव ६८ अंकले बढेर १९२७ दशमलव २८ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ९ अंकले बृद्धि भएर ३६८ दशमलव ९५ विन्दुमा पुगेको हो । आज २२६ कम्पनीको […]

आज सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं, २६ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसुचक सोमबार १२ दशमलव २७ अंकले बढेर २२ सय ६८ दशमलव ८४ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव १२ अंकले वृद्धि भएर ४३९ दशमलव ४७ विन्दुमा पुगेको हो । आज […]

प्रि ओपनमा सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं, ७ वैशाख । साताको कोरोबारको चौथो दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यस अवधिमा नेप्से ७.२२ प्रतिशतले बढ्दै २३६४.४७ को विन्दुमा पुगेको छ । प्रि ओपन सेसनमा ६ स्टकको ३ लाख ८४ हजार ६०९ रुपैयाँ बराबरको १ हजार ४४२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६ वटै स्टकको मूल्य […]

वर्षको अन्तिम दिन दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं, ३० चैत । यस वर्षको अन्तिम दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से ३०.२४ अंकले बढ्दै २४१५ अंकमा बन्द भएको छ । आज सबै उपसमूह बढेका छन् । बैंकिङ १७, विकास बैंक ६२, फाइनान्स १५, होटल तथा पर्यटन ४८, जलविद्युत २५, जीवन बीमा ९५, उत्पादन ६२, लघुवित्त १०१, निर्जीवन […]

प्रिओपनमा ८.३६ अंकले बढ्यो नेप्से

काठमाडौं, २९ फागुन । साताको कारोबारको पहिलो दिन आइतवार प्रिओपन सेसनमा नेप्से परिसूचक ८ दशलमव ३६ अंकले बढेको छ । यस अवधिमा नेप्से परिसूचक २ हजार ५७५ दशमलव २६ विन्दुमा पुगेको हो । सो अवधिमा कारोबारमा आएका ३३ ओटा कम्पनीको १२ हजार ८०६ कित्ता शेयर रू। ६६ लाख ५९ हजारमा खरीदविक्री भएको हो । प्रिओपन […]

प्रि ओपनमा १.९२ अंकले बढ्यो नेप्से

काठमाडौं, १८ फागुन । साताको कारोबारको चौथो दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १.९२ अंक बढेको छ । ०.०७ प्रतिशतले बढेको नेप्से २६१२.५१ को विन्दुमा पुगेको छ । यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१७ अंक बढेको छ। बुधबार प्रि ओपन सेसनमा ९ कम्पनीको ३ लाख २७ हजार ८०९ रुपैयाँ बराबरको ६१० कित्ता शेयर […]

प्रि ओपनमा बढ्यो नेप्से

काठमाडौं, १० फागुन । साताको कारोबारको तेस्रो दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से सूचक १.३७ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २७१९.८८ विन्दुमा आइपुगेको छ । १७ कम्पनीको भाउ बढेको छ भने ३ वटाको घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । ७ लाख ८९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार […]

आज सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं, १३ माघ । साताको कारोबारको अन्तिम दिन आज शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसुचक बिहीबार ३ दशमलव २० अंकले बढेर २७ सय ७९ दशमलव ९३ बिन्दु कायम भएको छ । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ३८ अंकले बढेर ५१८ दशमलव ७२ विन्दुमा रोकिएको हो । नेप्सेको […]