सरकारले महिलाहरुको क्षमता विकास र सशक्तीकरणका लागि हरेक वडामा महिला सभा आयोजना गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै वडा तहमा महिला अधिकारसम्बन्धी तालिम, सचेतना र नेतृत्व विकासका लागि महिला सभा आयोजना गरिने बताए ।