महुली लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

चैत ७, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा आवेदन दिने आज (सोमवार) अन्तिम दिन रहेको छ ।  कम्पनीले फागुन २३ गतेदेखि ५ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले आज बैंकिङ समयसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य रू. ६५० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।  यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  कम्पनीको शेयर विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।