इलाम : घना जंगलको बीचमा स्थानीय कच्चा पदार्थले बनाइएका ५ वटा घर छन्। ५ घरमा परिवार संख्या ३ मात्रै छ। घर बनाउन स्थानीय कच्चा पदार्थ प्रयोग भएकाले आकर्षक देखिन्छन्।नेपालबाट सडक नजोडिएको कैयाकट्टामा भारतीय सडक प्रयोग गरि ढुवानी गरि घरमा टिनको छानो लगाइएको छ। घरमा चिया नास्ता, खाना र पर्यटक बस्नका लागि सुविधा पनि छ।पहिलोपटक कैयाकट्टा पुग्ने जो कोहीको मनमा लाग्न सक्छ यो जंगलको बीचमा को आइपुग्ला? जंगलको बीचमा भालुले पशु चौपाया मात्रै हैन मान्छे नै खान्छ होला कसरी बसेको? तर यहाँ पुगेर चियाको चुस्की लि