सरकारले कार्तिक २८ गतेदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । यद्यपि कोरोनाविरुद्धको फाइजर खोप सबै बालबालिकाले भने पाउने छैनन् । १२ देखि १८ वर्ष उमेर समूहका दीर्घरोगीलाई खोप दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निश्चित गरेको हो । फोक्सो, मधुमेह, उच्च चाप, मुटु, मिर्गौला लगायतका दीर्घरोगीले खोप पाउने छन् । गत सोमबार कोभ्याक्स सुविधामार्फत अमेरिकाबाट एक लाख ६ सय २० मात्रा फाइजर खोप नेपाल आइपुगेको छ । सो खोप करिब ४५/४६ हजार दीर्घरोगी बालबालिकाले पाउने परिवार