‘मैले मेरो भाइको अगाडि बिन्ती गरिरहेँ, तर मेरा भाइले मेरो श्रीमान् नागराजुलाई रडले र अन्य व्यक्तिले छुरीले लगातार आक्रमण गरिरहे । मेरो श्रीमानलाई कसैले बचाउन सकेनन् । हामीले प्रेम विवाह गरेका थियौँ ।’आफ्नो आँखा अगाडि श्रीमानको हत्या भएको देखेकी असरिनको आँसु थामिएको थिएन ।असरिन सुल्तानाका भाइ सैयद मोबिन अहमद र एक नातेदार, मसूद अहमदले उनका श्रीमान् डिल्लीपुरम नागराजुलाई हैदराबादको बीच सडकको बीचमा मारेका थिए । हिन्दू केटासँग विवाह गरेपछि सुल्तानाको परिवार रिसाएको थियो ।बुधबार राति