कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् । सत्ता साझेदारी दलका जिल्लादेखि केन्द्रसम्मका अधिवेशनका कारण सरकार विस्तारमा केही ढिलाइ भए पनि अब भने छिट्टै प्रदेश सरकार विस्तार गरिने उनले बताएका हुन् ।नेपाल प्रेस युनियन सल्यानले आज सदरमुकाम खलङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भए पनि सरकारका कामकारबाही नियमित चलिरहेको बताए । उनले सत्ता गठबन्धनबीच मन्त्रालयको भागबन्डाका कारण सरकार विस्तारमा