दिलदार ग्राहकः ३८ डलरको बिल तिरेर १६ हजार डलर टिप्स

एजेन्सी।न्यु ह्याम्पसायरको लण्डनडेरीस्थित स्टम्बल इन बार एण्ड ग्रिलमा एक जना यस्ता ग्राहक आए जसको व्यवहार देखेर सबै चकित परे।उनको सबैलाई चकित पार्ने काम हो– ३८ डलरको बिल आउँदा १६ हजार डलर टिप्स दिनु।उनले बियर,पनीर,अचार चिप्स लिए।त्यहीं बसेर खाए–पिए।उठ्ने बेला बारटेण्डरसँग बिल मागे।उनले बिलमा उठेको रकम तिरे र टिप्स छोडेर गए।सुरुमा त बारटेण्डरलाई विश्वासै लागेन।उक्त रकम आठ बारडेण्डरले बाँडेर लिए।