काठमाडौँ । मलेसियाले नेपालीसहित विदेशी श्रमिकको परिवारलाई पनि सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गर्न सुरु गरेको छ । मलेसियाको भिसा प्रक्रियाका लागि स्वास्थ्य परीक्षण (बायोमेडिकल) गर्ने बेला नै कामदारले परिवारको निकटतम सदस्यको नागरिकतासहित विवरण पेस गर्ने नियम मङ्गलवारदेखि कार्यान्वयनमा ल्याइएको छ । मलेसियाले सन् २०२० जनवरी १ मा मृत्यु तथा अङ्गभङ्ग भएका विदेशी श्रमिक तथा तिनका परिवारलाई समेत […]