माओवादी नेताले सांसद पुनर्बहालीको माग गर्दै परेको रिट हेर्न नभ्याइनेमा

काठमाडौैं । माओवादीका चार नेताले सासद पुनर्बहालीको माग गर्दै दायर गरेको मुद्दा आज हेर्न नभ्याइने भएको छ। टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार दायर गरेको रिटको पेशी तोकिएपनि हेर्न नभ्याइनेमा परेको हो। लुम्बिनीका प्रदेश सभा सदस्य दधिराम न्यौपानेको रिट पनि हेर्न नभ्याइनेमा परेको छ। उनीहरूको रिटमामा वरिष्ठतम न्यायाधीश दीपक कार्कीको इजलासमा पेसी तोकिएको थियो।