प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ पहिलो साता भारत भ्रमण गर्ने भएका छन्। देउवाको भारत भ्रमणका लागि भदौ ७ देखि १० गतेसम्मको मिति तय भएको प्रधानमन्त्रीका वरिष्ठ प्रेस विज्ञ गोविन्द परियारले सेतोपाटीलाई जानकारी दिए। भ्रमणको एजेन्डा र विस्तृत तालिका भने तय हुन बाँकी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।