१०४ मेगावाटको तल्लो सेती आयोजना तनहुँ हाइड्रोपावरले बनाउने

तनहुँ हाइड्रोपावर लिमिटेडले १०४ मेगावाट क्षमताको तल्लो सेती (तनहुँ) जलद्यिुत आयोजना बनाउने भएको छ । जिल्लाको ऋषिङ गाँउपालिका–१ स्थिति १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना बनाउँदै आएको कम्पनीले नै तल्लो सेती आयोजना निर्माण गर्ने भएको हो ।सञ्चालनमा रहेको तनहुँ जलविद्युत आयोजनाको बाँधबाट प्राप्त हुने सेती नदीको प्रवाह तथा मादी नदीको थप प्रवाह प्रयोग गरेर नयाँ आयोजना बनाइने छ । कम्पनीका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले तल्लो सेती जलविद्युत आयोजना निर्माण गर्न लागेको जानकारी दिए ।कम्प

सम्बन्धित सामग्री

तल्लो सेती आयोजना निर्माण गरिँदै

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले अर्काे जलविद्युत् आयोजना पनि निर्माण गर्ने भएको छ । कम्पनीले १०४ मेगावाट क्षमताको तल्लो सेती (तनहुँ) जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो । तनहुँ जलविद्युत् आयोजनाको १४० मिटर अग्लो कंक्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाहसमेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । कम्पनीले आयोजनाको विद्युत् उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ । साथै दातृ निकाय एडीबीको करीब ३५ लाख अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी काजगात तयार गर्ने परामर्श सेवा खरीदका लागि २०७५ चैत २९ गते खरीद सम्झौता भएको छ । परामर्शदाताले पेश गरेको विस्तृत डिजाइन प्रतिवेदन पुनरवलोकनका लागि नियुक्त तीन सदस्यीय अन्तरराष्ट्रिय विज्ञ समूहले २०७८ असार २३ गते डिजाइन पुनरवलोकन प्रतिवेदन बुझाएको बताइएको छ । विज्ञ समूहले पेश गरेको आयोजनाको डिजाइन पुनरवलोकन प्रतिवेदनउपर सरोकारवालासँग छलफल गरी आगामी आर्थिक वर्षमा अन्तिम रूप दिइने श्रेष्ठले बताए । आयोजना अन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । पानीको प्रवाहलाई देवघाट गाउँपालिका–३ र ४ हुँदै ६ दशमलव ८ किलोमिटर लामो सुरुङमार्फत सेती नदीको संगमदेखि करीब ५०० मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्ध भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने योजना बनाइएको छ । आयोजनाबाट बन्दीपुर गाउँपालिका–६, व्यास नगरपालिका–१४, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरेनी गाउँपालिका–५ र ६, भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुनेछ । आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन क्षेत्र निर्धारणका लागि राय सुझावसमेत माग गरेको छ । आयोजनाको क्षेत्राधिकार निर्धारणका लागि सरोकारवालासँग सुझाव माग गरिएको कम्पनीले जानकारी दिएको छ । रासस

तनहुँ हाइड्रोले १०४ मेगावाट क्षमताको तल्लो सेती आयोजना निर्माण गर्ने

तनहुँको ऋषिङ गाउँपालिका–१ मा १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले अर्को जलविद्युत् आयोजना पनि निर्माण गर्ने भएको छ । कम्पनीले १०४ मेगावाट क्षमताको तल्लो सेती (तनहुँ) जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो ।

तनहुँ हाइड्रोले १०४ मेगावाट क्षमताको तल्लो सेती आयोजना निर्माण गर्ने

तनहुँको ऋषिङ गाउँपालिका–१ मा १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले अर्को जलविद्युत् आयोजना पनि निर्माण गर्ने भएको छ । कम्पनीले १०४ मेगावाट क्षमताको तल्लो सेती (तनहुँ) जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो । तनहुँ जलविद्युत् आयोजनाको १४० मिटर अग्लो कङ्क्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाहसमेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हाइड