प्रधानन्यायाधीश नियुक्तिमा जिम्मेवार निकायले नै भूमिका भुले : बार अध्यक्ष घिमिरे

२० वैशाख, काठमाडौं । प्रधानन्यायाधीशको तत्काल नियुक्ति माग गर्दै नेपाल बार एशोसिएशनले आन्दोलन जारी राखेको छ । बुधबार पनि नेपाल बार एशोसिएसनको परिसरमा कानून व्यवसायीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले तत्काल प्रधानन्यायाधीश नियुक्ति गर्न माग गरेका छन् । आन्दोलनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपालिकाले तत्काल प्रमुख पाउनुपर्ने बताए । […]