‘एमाले प्रस्ट छ, संशोधन बिना एमसीसीको पक्षमा उभिँदैन, पक्षमा मत हाल्दैन’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शेरबहादुर तामाङले अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ सम्झौता यही फागुन १२ गते मध्यरातसम्ममा बिना संशोधन पास हुने बताएका छन् । रातोपाटीसँग विशेष कुराकानी गर्दै पूर्वमन्त्री तामाङले पाँच दलीय सत्ता गठबन्धनले एमसीसी पास गरिछाड्ने बताएका हुन् ।संसदमा एमसीसी टेबल भइसक्दा समेत प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मौन रहेको आरोप लाग्दै आए पनि तामाङ भने एमालेले पटक पटक संशोधनसहित एमसीसी स्वीकार गर्ने बताउँदै आएको तर्क गर्दछन् ।