आकर्षक विशेषतासहितको फोर्ड इकोस्पोर्ट

फोर्डले २०२० संस्करण फोर्ड इकोस्पोर्ट नेपाल बजारमा ल्याएको छ । नेपालको लागि आधिकारिक विक्रेता जीओ अटोमोबाइल्सले बीएस आईभीमा आधारित २०२० संस्करणको इकोस्पोर्ट पुरानो मूल्यमा नै निरन्तरता दिई सार्वजनिक गरेको हो । २०२० मा सार्वजनिक यो गाडी ड्राइभिङको लागि रमाइलो, शक्तिशाली र पेट्रोल डिजेल इन्जिनको लागि विशिष्ट रोजाइ रहेको छ । २०२० इकोस्पोर्ट डिजेलमा फोर्डको विश्वस्त र भरपर्दो बीएसआईभीमा आधारित १.५ लि टीडीसीआई डिजल इन्जिन रहेको छ । यसले १०० पीएस शक्ति तथा र २१५ एनएम टर्क प्रदान गर्दछ ।

सम्बन्धित सामग्री

जिओ फोर्डको ‘नेक्स्ट–जेन फोर्ड एभरेष्ट’ सार्वजनिक

काठमाडौं । जिओ अटोमोबाइल्स (जिओ फोर्ड)ले नयाँ संस्करणको ‘नेक्स्ट–जेन फोर्ड एभरेष्ट’ भित्र्याएको छ । यसअगाडिका संस्करणभन्दा बलियो, परिष्कृत, आरामदायी र प्रविधिका विभिन्न फिचर समावेश गरिएकाले ग्राहकले  यो गाडीलाई मन पराउने कम्पनीको दाबी छ । कम्पनीका प्रबन्ध निर्देशक आकाश गोल्छाले उत्कृष्ट क्षमता र सुविधा हेर्दा नेक्स्ट–जेन फोर्ड एभरेष्ट नेपाली ग्राहकको अपेक्षाभन्दा राम्रो रहेको बताए । नेक्स्ट–जेन फोर्ड एभरेष्ट आकर्षक र साहसिक यात्रालाई लक्षित गरेर बनाइएको उनको भनाइ छ । सुरक्षाका लागि गाडीमा सडक किनारा पत्ता लगाउने लेन–किपिङ प्रणाली, इभासिभ स्टियर असिस्ट र रिभर्स ब्रेक समावेश छन् । गाडीमा अफ–रोड स्क्रिनले सवारीसाधनको जानकारी र अगाडिको दृश्य क्यामेरामा देखाउनुका साथै अवरोधहरू हेर्न मिल्ने विशेषता छ । कम्पनीले गाडीको शुरुआती बजार मूल्य दुई करोड ४० लाख रुपैयाँ तोकेको छ ।

हुण्डाईको ‘आइओनिक ५’ लाई तीन अन्तरराष्ट्रिय अवार्ड

काठमाडौं (अस) । कार उत्पादक कम्पनी हुण्डाईको विद्युतीय कार ‘आइओनिक ५’ ले ‘वर्ल्ड कार अफ द इयर २०२२’ का तीनओटा अवार्ड प्राप्त गरेको छ । वर्ल्ड कार अफ द इयर अवार्ड २०२२ मा प्रदान गरिने ६ ओटा विभिन्न विधामध्ये तीनओटामा हुण्डाईको उक्त कारले बाजी मारेको हो । आइओनिक ५ ले वर्ष २०२२ को वर्ल्ड इलेक्ट्रिक भेहिकल अफ द इयर, वर्ल्ड कार डिजाइन अफ द इयर र वर्ल्ड कार अफ द इयर अवार्ड पाएको हो । वर्ल्ड कार डिजाइन अफ द इयर विधामा आइओनिक ५ को फरक शैली र नौलो डिजाइनले आउडी ट्रोन जीटी र किया ईभी ६ लाई पछि पारेको कम्पनीले जानकारी दिएको छ । आयताकार हेड र टेल ल्याम्पसहितको आईओनिक ५ को रेट्रो डिजाइन आकर्षक रहेको बताइएको छ । त्यस्तै उक्त कार विश्व कार अवार्डमा पहिलोपटक समावेश भएको वर्ल्ड इलेक्ट्रिक भेहिकल अफ द इयर श्रेणीमा पनि आउडी ट्रोन जीटी/मेक्रेड्सईक्यूएस भन्दा अगाडि रहेको कम्पनीले जानकारी दिएको छ । स्मार्ट मोबिलिटीलाई प्रोत्साहन गर्ने उद्देश्यले शुरू गरिएको उक्त विधामा हुन्डाईले शीर्ष स्थान पाउनुले उसको स्मार्ट मोबिलिटीप्रतिको प्रतिबद्धता प्रमाणित गर्ने कम्पनीको दाबी छ । साथै हुन्डाई आइओनिक ५ ले किया ईभी ६ र फोर्ड मस्टाङ ई लाई पछि पारेर वर्ल्ड कार अफ द इयर २०२२ जितेको कम्पनीले बताएको छ ।

आयो नयाँ जेनेरेशन फोर्ड एभरेष्ट (फोटो फिचर)

काठमाडौं । फोर्डले आफ्नो चर्चित फुलसाइज एसयूभी एभरेष्टको नयाँ जेनेरेशन मोडल सार्वजनिक गरेको छ । मार्च १ तारिखमा सार्वजनिक भएको नयाँ जेनेरेशन फोर्ड चाँडै नेपाल पनि आउने छ । फोर्डको आधिकारीक वितरक जिओ फोर्डले एभरेष्टको बुकिङ लिइरहेको छ । पहिलेको तुलनामा निकै आकर्षक देखिएको एभरेष्ट भारतमा उत्पादन भएको इन्डेभर बन्द भएसँगै थाइल्याण्डबाट नेपाल आउन लागेको […]

सांग्रिला मोटर्सको न्यू ज्याक टी–८ पिकअप बुकिङ खुला

सांग्रिला मोटर्स प्रालिले नेपाली बजारमा ५६.९९ लाखको आकर्षक सुरुवाती मूल्यमा अल न्यु ज्याक टी८ २.०लि. पिक अप ट्रकको बुकिङ खुल्ला गरेको छ ।सांग्रिला मोटर्स प्रालि गोल्छा अर्गनाइजेसन को अटोमोटिभ डिभिजन हो । यस अर्गनाइजेसनले विगत ८ दशकदेखि नेपालमा सेवा प्रदान गर्दै आएको छ । गोल्छा अर्गनाइजेसन नेपालका लागि फोर्ड, प्युजो र सिट्रोनको एकल आयातकर्ता तथा […]

सांग्रिला मोटर्सले विश्वमै सफल ‘न्यू ज्याक टी-८’ नेपालमा सार्वजनिक गर्दै

काठमाडौँ– सांग्रिला मोटर्स प्रालिले नेपाली बजारमा ५६.९९ लाखको आकर्षक सुरुवाती मूल्यमा अल न्यू ज्याक टी-८ को बुकिङ खुला गरेको छ। साँग्रिला मोटर्स गोल्छा अर्गनाइजेसन को अटोमोटिभ डिभिजन हो। यस अर्गनाइजेसनले विगत ८ दशकदेखि नेपालमा सेवा प्रदान गर्दै आएको छ। गोल्छा अर्गनाइजेसन नेपालका लागि फोर्ड, प्युजो र सिट्रोनको एकल आयातकर्ता तथा वितरक हो। साँग्रिला मोटर्स आफ्ना […]

फोर्डको ‘एभरेष्ट’ गाडीको बुकिङ खुला, कति छ मूल्य ?

नेपालको लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जि.ओ. अटोमोवाइल्सले २.० लि. वाई– टर्वाे डिजेल इन्जिन र विश्वमै पहिलो १० स्पीड अटोकेटिक ट्रान्समिसन भएको फोर्ड एभरेष्ट को आज घोषणा गरेको छ । यसको शुरुवाती नेपाली मूल्य रु. १.९९ करोड रहेको छ । अफ–रोडका उत्कृष्ट प्रदर्शन गर्न सक्ने यस गाडीको सर्भिसिङ्ग मूल्य अत्यन्तै किफायती रहेको छ भने यसमा रहेको विषेश सुविधाहरुले नेपालको प्रिमियम एसयूभी बजारमा २०२२ फोर्ड एभरेष्टले एक नयाँ वेन्चमार्क बनाउने छ । विश्व बजार र एसिया क्षेत्रमा फोर्ड एभरेष्ट एकदमै लोकप्रिय एसयूभी हो । पहिलो पटक २००३ मा बजारमा आएको फोर्ड एभरेष्टको अहिलेको दोस्रो संस्करणको मोडल २०१५ देखि बजारमा उपलब्ध भएको थियो । ठूलो गाडी भए पनि एभरेष्ट चलाउन एकदमै सजिलो छ जसमा भएको लाइट स्टेरिङ्गले पाकिङ्ग गर्दा पनि सहज महसुस गराउँछ । यस बाहेक, इन्जिनमा भएको पर्याप्त टर्कको मद्दतले आवश्यक आक्सिलेरेसन पनि सजिलै बढाउन मिल्छ । यस्ता आकर्षक फिचरहरुले फोर्ड एभरेष्ट गाडीलाई ड्राइभिङ्ग गतिशीलतामा विषेश बनाउँछ । जि.ओ. अटोमोवाइल्स का प्रबन्ध निर्देशक आकाश गोल्छा भन्छन्, “ फोर्ड एभरेष्ट को साथ हामी प्रयोगकर्ताहरुलाई उत्कृष्ट क्षमता र क्लास लिडिङ्ग फीचर्स दुबैको उत्कृष्ट संगम भएको आकर्षक एसयूभी उपलब्ध गराउँदै छौं । एभरेष्ट मा भएको इनह्यान्स भ्यालु प्रोपोजिसन का कारण यो एसयूभी गाडी नयाँ ग्राहकहरुको पहिलो रोजाइ बन्नेछ भन्नेमा हामीलाई पूर्ण विश्वास छ ।”

फोर्डको फेस्टिभ सिजनका नयाँ अफर

नेपालका लागि फोर्ड गाडीको आधारिक विक्रेता जीओ अटोमोबाइल्सले चाडपर्व अफर प्रस्तुत गरेको छ । कम्पनीले फोर्डका कारहरु फिगो, एस्पाएर, फ्रिस्टाइल र इकोस्पोर्टको भेरियन्टमा किन्ने ग्राहकलक्षित आकर्षक योजना ल्याएको हो ।यो वर्षको फोर्ड फेस्टिभ अफरअनुसार उपलब्ध तीन अफरमध्ये एउटा छनोट गर्न सक्छन् र नगद छुट, आर्थिक वर्षका लागि सडक कर र एक वर्ष निःशुल्क बिमाजस्ता नियमित […]

फोर्ड फिगोको २०१९ संस्करण बजारमा

नेपाली बजारमा फोर्ड फिगोको २०१९ संस्करण बिक्री सुरु भएको छ । २४ लाख ९९ हजार मूल्य रहेको फोर्ड फिगोको नयाँ संस्करणमा नयाँ शक्तिशाली इन्जिन र आकर्षक डिजाइन रहेको छ । अगाडि र पछाडिको भागमा परिमार्जनका साथ उत्कृष्ट र आरामदायी भित्री बनोट तथा ब्रान्ड न्यू–इन्टिरियेर रहेको जनाइएको छ । यस्तै, नयाँ फिगो रमाइलो र आरामदायी सवारीको मौलिकतालाई अझ बढी उजागर गर्दै नयाँ १.२ लि. पेट्रोल र १.५ लि. डिजेल इन्जिनका साथ आएको छ ।

गो–फोर्ड अवन्तिका अटोमोबाइल्सको नयाँ योजना

फोर्ड कम्पनीका कारहरू भैरहवा क्षेत्रमा बिक्री गर्दै आएको गो– फोर्ड अवन्तिका अटोमोबाइल्सले कार पारखीहरूका लागी नयाँ योजना ल्याएको छ । कार पारखीहरूका लागि यो योजनामा स्मार्ट टेलिभिजन सहितका आकर्षक पुरस्कार, गिफ्ट ह्याम्परको निःशुल्क व्यवस्था गरेको गो फार्ड अवन्तिका अटो मोबाइल्सका प्रबन्ध निर्देशक पावन अग्रवालले जानकारी दिए ।