ओली पक्षको जनसभामा पत्रकारमाथि दुर्व्यवहार, महासंघद्वारा भर्त्सना

प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाको राजधानीमा आयोजित जनसभामा दुई पत्रकारमाथि दुर्व्यवहार हुनुका साथै समाचार संकलनमा अवरोध पुर्याइएको छ । जनसभाको समाचार संकलनका क्रममा कान्तिपुर दैनककी पत्रकार विनु सुवेदी र नयाँ पत्रिका दैनिकका पत्रकार दिपेश शाहीलगायतमाथि नेकपा कार्यकर्ताले दुर्व्यवहार गर्न समाचार संकलनमा अवरोध पुर्याइएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काठमाडौंको दरबार मार्गमा भएको आमसभाको समाचार संकलन गर्न पुगेका सुवेदी र शाहीलगायतका पत्रकारलाई प्रेसको...