मोटरसाइकल चोरी आरोपमा दुई जना पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले मोटरसाइकल चोरी आरोपमा दुई जनालाई पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका– ८ का अजयसिंह बाडिया र वडा नम्बर ९ का रमेश भन्ने हरि सुनारलाई प्रहरीले मोटरसाइकल चोरी आरोपमा पक्राउ गरेको हो। नेपालगञ्ज उपमहानगरपालिका – ८ का अतहर हुसेन फारुकीको दुई दिन अघि चोरी भएको मोटरसाइकललाई रङ परिवर्तन गरेको अवस्थामा प्रहरीले बरामद गरेको […]