काठमाडाैँ- आजबाट अनलाइन मतदाता नामावली संकलन हुँदैछ। निर्वाचन आयोगले आजबाट काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा अनलाइनबाट मतदाता नामावली संकलन गर्ने भएको हो। फोटोसहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने गरी तयारी गरिएको आयोगले जनाएको छ।