विराटनगर : नेकपा एमालेका संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री भीम आचार्यले प्रदेश सरकारले ल्याएको बजेट हावादारी बजेट रहेको बताएका छन्।प्रदेश १ को बजेट सार्वजनिक भएपछि बजेटमाथि प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्। यति धेरै बजेट संकलन पनि नहुने र खर्च गर्न पनि नसक्ने बताउँदै उनले यो बजेट चुनावलाई प्रभाव पार्ने बजेट रहेको बताए।‘यति धेरै बजेट संकलन पनि हुँदैन र उहाँहरूले खर्च गर्नु पनि सक्नु हुन्न। सबैतिर बजेट छर्ने’, उनले भने, ‘आ–आफ्नो ठाउँमा जहाँ लामो समय लगाएर शिक