भूमि आयोग विघटनविरुद्ध लालबन्दीमा रिले अनशन सुरु

सर्लाही : लालबन्दी नगरपालिकामा भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरुद्ध स्थानीयले रिले अनशन सुरु गरेका छन। लालबन्दी नगरपालिका वडा नम्बर ६ जनवादी चोकमा प्रधानमन्त्री शेरबहादुर देउवाको कदमप्रति उनीहरूले विरोध जनाएका हुन्। हिजोको मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै उक्त आयोग खारेज गरेको थियो। भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबास गरिरहेका नागरिकहरूलाई व्यवस्थापन गर्न गठन गरिएको आयोग सरकार परिवर्तन भएपछि विघटन भएको भन्दै लालबन्दी-६ का वडाध्यक्ष उज्जवल कुमार कार्कीको नेतृत्वम