संसारका अमर प्रेमकथाहरू प्रायः भयानक पीडा र वियोगान्तले भरिएका छन् । ग्रिक मिथकका क्यूपिड र साइकीको पे्रम कथा होस् या द्वापर युगका राधा–कृष्णको । प्रेमी जोडीले कहिले शकुन्तला र राजा दुष्यन्तको जस्तै श्रापित जीवन भोग्नुपरेको छ त, कतै मुना र मदनजस्तै मिलनको पर्खाइमा जीवन नै त्याग्नुपरेको छ । यस्तै भावविह्ल गर्ने प्रेमगाथामा कान्तिपुर (काठमाडौं) नगरकी सुन्दरी रूक्मिणी र फर्पिङका राजा पलम्वरको प्रेम, विछोड र सामाजिक तिरस्कारको कथा पनि खास गरी नेवार समुदायमा राम्रै चर्चा हुने गर्छ ।बज्र कलाकुञ्