‘मैले मूल बाटो हिँड्न छाडेको धेरै भयो । कोल्टी जाँदा र आउँदा अरू बाटो नै प्रयोग गर्ने गरेकी छु । त्यो बाटो हिँड्दा आफूलाई सम्हाल्न सक्दिनँ’, जगन्नाथ गाउँपालिका– १ की बिजा बिष्टले आफ्नो वेदना सुनाइन् ।बूढीनन्दा नगरपालिका– १ को दैयाको मूल बाटोमा रहेको सामूहिक चिहानभित्र उनका १९ वर्षीय छोरा गगनको शव गाडिएको छ । तत्कालीन सुरक्षा फौजले माओवादीको आरोपमा घरबाटै नियन्त्रणमा लिएर २०५९ वैशाखमा गगनलगायत ९ जनाको दैयामा गोली हानी हत्या गरेपछि अलपत्र शवहरूलाई गाउँलेले पानीको धारा छेउमै