श्रीलङ्काद्वारा भारतसँगको सीमा नाका खुल्ला

श्रीलङ्काले भारतसँगको सीमा नाका सर्तसहित खुल्ला गरेको छ । कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि बन्द गरिएको सीमा नाका अहिले खुल्ला गरिएको अधिकारीहरुले जनाएका छन् । खुल्ला गरिएको नाकाबाट पूर्ण खोप लगाएका र कोरोना नेगेटिभ भएको पीसीआर रिपोर्ट भएका व्यक्तिहरुलाई मात्रै आवतजावत गर्न दिइने भएको छ । यात्रुले पीसीआर रिपोर्ट ७२ घण्टा भित्रको मात्रै देखाउनुपर्ने व्यवस्था गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

सम्बन्धित सामग्री

नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने

नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने भएको छ।रुपन्देही जिल्लासँग सीमा जोडिएको नेपाल–भारत बेलहिया सहितका सीमा नाका आज बेलुकादेखि बन्द हुने भएका छन्।...

निर्वाचनलक्षित सीमा नाका बन्द

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीमा नाका बन्द गरिएको छ । आइतबार हुने निर्वाचनलाई मध्यनजर गरी नेपालसंग जोडिएका सीमा नाका बन्द गरिएको हो । यसैक्रममा कपिलवस्तुको कृष्णनगर, चाकरचौडा, मर्जादपुर लगायतका नाकामा आवतजावत गर्ने सवारी साधन रोकिएपनि मतदातालाई भने चेकजाँचका आधारमा आवतजावत गर्न दिइने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धवेन्द्र कुमार मिश्रले जानकारी दिए । निर्वाचन […]

मंसिर १ गतेदेखि पर्साका सीमा नाका बन्द हुने

भारतसँग सीमा जोडिएको पर्सा जिल्लाका सम्पूर्ण सीमा नाका मंसिर १ गतेदेखि बन्द हुने भएको छ ।  मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर मंसिर १ गतेदेखि सीमा नाका बन्द गर्न लागिएको हो ।पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सूचना जारी गर्दै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सीमा नाका बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।मंसिर १ गते रातको १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म सम्पूर्ण सीमा नाका बन्द रहने उनले बता

आजदेखि अन्तराष्ट्रिय सीमा नाका बन्द हुँदै

काठमाडौं, बैशाख २७ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अन्तराष्ट्रिय सीमा नाका आज रातिदेखि बन्द हुने भएका छन् । भारत र चीनसंग जोडिएको सीमा नाका ७२ घण्टाका लागि बन्द गर्न लागिएको हो । यही शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि भन्दै आज राति १२ बजेदेखि […]

बाँके र बर्दियाको सीमा नाका ७२ घण्टाका लागि बन्द

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँके र बर्दियाको भारतसित जोडिएको सीमा नाका आज रातिदेखि बन्द हुने भएको छ । भारतसँग जोडिएका बाँके र बर्दियाका सीमा नाका ७२ घण्टाका लागि बन्द गर्न लागिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । यही शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि भन्दै आज राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि सीमा नाका बन्द गरिने उनले बताए । यसअघि खुला सीमाका कारण निर्वाचनको

निर्वाचनअघि सीमा नाका बन्द गर्न आग्रह

काठमाडौं, वैशाख २३ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दुई दिन अगाडिदेखि नै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न सरकारलाई पत्राचार गरेको छ । आयोगले गरेको पत्राचारमा वैशाख २७ गते मङ्गलबार मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्मका लागि सीमा नाका भएर आवतजावत बन्द गर्न उल्लेख गरिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहीबार बसेको आयोग पदाधिकारीको बैठकले निर्वाचनसँग […]

चुनावअघि तीन दिन सीमा नाका बन्द हुने

आसन्न स्थानीय तहको निर्वाचनको ७२ घन्टाअगावै सीमा नाका बन्द गर्ने निर्णय गरिएको छ।

न्युजिल्यान्डद्वारा पर्यटकका लागि सीमा नाका खुल्ला गर्ने तयारी

न्युजिल्यान्डले पर्यटकका लागि सीमा नाका खुल्ला गर्ने भएको छ । न्युजिल्यान्डले कोरोना भाइरसको महामारीका कारण लामो समय बन्द सीमा नाका खुल्ला गर्ने निर्णय गरेको हो । विदेशी पर्यटकलाई प्रवेशमा रोक लगाउँदा अर्थतन्त्रमा समेत नकारात्मक असर परेकाले अर्थतन्त्रमा सुधार गर्न पनि नयाँ कदम चाल्नुपरेको र सीमा नाका खुल्ला गर्नुपरेको न्युजिल्यान्ड सरकारले जनाएको छ । बेलायत, अमेरिका, जापान, जर्मनी, दक्षिण कोरिया र सिङ्गापुरका पर्यटकलाई प्रवेश खुल्ला गर्ने निर्णय भएको छ । आउँदो अप्रिल १३ देखि सीमा खुला गर्ने तयारी छ । न्युजिल्यान्डले सन् २०२० ...

रौतहटको सीमा नाका खुल्यो

विगत करिब डेढ वर्षदेखि बन्द रहेको भारतसँग जोडिएको रौतहटको सीमा नाका आजदेखि खुला भएको छ । नेपाल सरकारले सबै नाका खोल्ने निर्णय गरे पनि एसएसबीको अवरोधका कारण बन्द रहेको रौतहटको सीमा नाका आजदेखि पूर्ण रुपमा खुला भएको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र भारतीय सुरक्षा अधिकारीबीच पटकपटकको संवादपछि बुधबारदेखि गौर नाका खुला भएको हो । बुधबार जिल्ला भन्सार कार्यालय गौरले भारतीय नम्बरका गाडीको राजस्व संकलन समेत सुरु गरेको छ ।भारतीय नाका खुलेसँगै दैनिक सयौं मानिस गौर–बैरगनिया पैदल आवत

श्रीलङ्काद्वारा भारतसँगको सीमा नाका खुल्ला

नयाँ दिल्ली । श्रीलङ्काले भारतसँगको सीमा नाका सर्तसहित खुल्ला गरेको छ । कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि बन्द गरिएको सीमा नाका अहिले खुल्ला गरिएको अधिकारीहरुले जनाएका छन् । खुल्ला गरिएको नाकाबाट पूर्ण खोप लगाएका र कोरोना नेगेटिभ भएको पीसीआर रिपोर्ट भएका व्यक्तिहरुलाई मात्रै आवतजावत गर्न दिइने भएको छ । यात्रुले पीसीआर रिपोर्ट ७२ घण्टा भित्रको […]