अभिनेत्री सिरु बिष्टले फिल्म ‘ऐना झ्यालको पुतली’ ले आफूलाई गाउँले जीवनको अनुभव गराएको बताइन् । आफू काठमाडौंमा बस्ने भएकोले गाउँले जीवनको दुःख, मिहिनेत र संघर्षसँग परिचित नरहेको बताएकी उनले फिल्मले आफूलाई त्यो जीवन नजिकबाट बुझाएको बताइन् । ‘फिल्मको लागि हाम्रो युनिट संखुवासभामा दुई महिना बस्यौ । त्यो समयको युनिटसँगको अनुभव एउटा फरक छ । त्यो कुरो अर्काे हो’ उनले भनिन् ‘फिल्मको सिलसिलामा काठमाडौंमा नगरेको कुरो गाई दुनेदेखि लिएर गाउँले जीवनका धेरै काम गरे र सिके ।