काठमाडौं । महाकाली नदीपारि धार्चुला तावाघाट-लिपुलेक सडक चौडा पार्ने क्रममा बम विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका-२, दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको घटनालाई लिएर नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयले आइतबार काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत भारतलाई कूटनीतिक नोट पठाएको हो । गृह मन्त्रालयबाट कूटनीतिक नोट पठाउनका लागि परराष्ट्रलाई […]