एकल पुरुषलाई मासिक पाँच सय भत्ता दिइने

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिकाले एकल पुरुषलाई मासिक पाँच सय रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ। मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ताबापत मासिक  पाँच सय उपलब्ध गराउने बताए। उनले स्थायी रूपमा बसोबास गर्ने पेन्सन भएका एकल पुरुषलाई भने यो सेवा उपलब्ध नहुने बताएका छन् । […]

सम्बन्धित सामग्री

एकल पुरुष र अभिभावकविहीन बालबालिकालाई सामाजिक सुरक्षा भत्ता

डोटी जिल्लाको सायल गाउँपालिकाले एकल पुरुष र अभिभावकविहीन बालबालिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेको छ । डोटीका नौवटा स्थानीय तहहरूमध्ये सायल गाउँपालिकाले पहिलो पटक एकल पुरुष र अभिभावकविहीन बालबालिकालाई भत्ता वितरणको काम सुरु गरेको हो । गाउँपालिकाले दलित समुदायका ५० देखि ६० वर्ष उमेर समूहका एकल पुरुष र गैरदलित समुदायका ६० देखि ७० वर्ष उमेर समूहका एकल पुरुषहरूलाई मासिक रुपमा पाँच सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेको सायल गाउँपालिका डोटीले जनाएको छ । त्यसैगरी आमा बुवा नभएका सहाराविहीन बालबालिकाहरूलाई पनि मासिक एक हजारका दरले भत्ता दिन थालेको गाउँपालिकाले जनाएको छ ।