तनहुँ घिरिङका ११६ घर परिवार खानेपानी योजनाबाट लाभान्वित

तनहुँ – तनहुँको घिरिङ गाउँपालिका–४ नयाँटारमा निर्माण सम्पन्न भएको खानेपानी योजनाबाट एक सय १६ घरधुरी लाभान्वित भएका छन् । गोरखा वेलफेयर ट्रष्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न नयाँटार खानेपानी तथा सरसफाइ आयोजनाबाट एक सय १६ घरधुरीमा पानीको सुविधा पुगेको हो । रु ८२ लाख १५ हजार चार सय ६१ को लागतमा योजना निर्माण […]