जलविद्युत् आयोजनाको निर्माण ठप्प

कोराना भाइरसको त्रासका कारण म्याग्दीमा जलविद्युत्लगायत विकास आयोजना निर्माण ठप्प भएका छन् । भाइरस भित्रन नदिन र रोकथामका लागि सरकारले गरेको लकडाउन तथा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञापछि २७८.५ मेगावाट क्षमताका छ आयोजना निर्माण रोकिएका हुन् । लकडाउन र निषेधाज्ञापछि आयोजना रोकिँदा हजाराँै मजदुर प्रभावित भएका छन् ।

सम्बन्धित सामग्री

अरुण तेस्रोमा मुआब्जा नपाए काम रोक्ने स्थानीयको चेतावनी

भारतीय कम्पनी सतलज जलविद्युत् निगमले संखुवासभामा निर्माण गरिरहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाले मुआब्जा नदिए निर्माण ठप्प पार्ने स्थानीयले चेतावनी दिएका छन् । खाँदबारी नगरपालिकाका मेयर महेश थपलियासहित लगानी बोर्डको कार्यालयमा आएको टोलीले मुआब्जा नपाए भदौ १ देखि अरुण ३ प्रवेशमार्ग र पावरहाउसको काम ठप्प पार्ने चेतावनी दिएको हो ।

विकास–निर्माण ठप्प पार्ने भूउपयोग नियमावली

सडक र जलविद्युत् आयोजना बन्नै नदिने गरी भूमि व्यवस्था मन्त्रालयले एकाएक भूउपयोगसम्बन्धी नियमावली लागू गर्‍यो । कृषि क्षेत्रको रुपमा वर्गीकरण गरिएको उपत्यकामा न्यूनतम पाँच सय वर्गमिटर, तराई र भित्री मधेसमा ६७५ वर्गमिटर र यीबाहेकका अन्य भूभागमा एक हजार वर्गमिटर घटी कित्ताकाट गर्न नपाइने भयो । यसबाट स्वयं भौतिक योजना मन्त्रालयअन्त...

विकास–निर्माण ठप्प पार्ने भूउपयोग नियमावली

सडक र जलविद्युत् आयोजना बन्नै नदिने गरी भूमि व्यवस्था मन्त्रालयले एकाएक भूउपयोगसम्बन्धी नियमावली लागू गर्‍यो । कृषि क्षेत्रको रुपमा वर्गीकरण गरिएको उपत्यकामा न्यूनतम पाँच सय वर्गमिटर, तराई र भित्री मधेसमा ६७५ वर्गमिटर र यीबाहेकका अन्य भूभागमा एक हजार वर्गमिटर घटी कित्ताकाट गर्न नपाइने भयो । यसबाट स्वयं भौतिक योजना मन्त्रालयअन्त...

माथिल्लो त्रिशूली ३ ‘बी’को निर्माण पुनः शुरू

काठमाडौं । कोभिड–१९ को महामारीको चपेटामा परेको ३७ मेगावाटकोे माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको काम पुनः शुरू भएको छ । नयाँ वर्ष मनाउन २०७६ माघ दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदार कोभिड–१९ का कारण फर्कन नसक्दा र चीनबाट उपकरण तथा सामग्री ल्याउन नसक्दा पूर्णरूपमा काम भइरहेको आयोजनाको निर्माण करीब १४ महीना ठप्प भएको थियो । ठेकेदार चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इन्जिनियरिङले अहिले मुख्य सुरुङ, विद्युत्गृह लगायत संरचना निर्माण गरिरहेको आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका प्रबन्ध–सञ्चालक मोहनप्रसाद गौतमले बताए । अहिले निर्माणमा ६४ जना चिनियाँ र ८१ जना नेपाली श्रमिक खटिएका छन् । ‘नयाँ वर्ष मनाउन २०७६ को माघमा आफ्नो देश गएका ठेकेदार कम्पनीका कर्मचारीहरू कोभिड–१९ का कारण फर्कन नसक्दा करीब १४ महिना निर्माण ठप्प भएको आयोजनाको निर्माण निरन्तरको प्रयासपछि शुरू भएको छ,’ उनले भने ।      चीनसँगका भन्सार नाकाहरू अझै पूर्णरूपमा नखुल्दा ठेकेदार कम्पनीले चीनमा खरीद गरिसकेका तथा खरीद आदेश दिई उत्पादन र प्याकेजिङको चरणमा रहेका निर्माण उपकरण तथा सामग्रीहरू ढुवानी गरी निर्माणस्थलसम्म ल्याउन सकिएको छैन । चीनबाट उपकरण आयातका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ मन्त्रालय लगायतका निकायसँग आवश्यक समन्वय भइरहेको गौतमले बताए । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटकोे माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजना गत फागुन भित्रै सम्पन्न लक्ष्य राखी निर्माण शुरू गरिएको थियो । कोभिड–१९ का कारण लगातार १४ महीना काम बन्द भएको र यस वर्षको हिउँदमा पनि काम शुरू हुन नसकेकाले आयोजनाको निर्माण २०७९ चैतभित्र सक्ने लक्ष्य राखिएको छ । इन्जिनीयरिङ, खरीद तथा निर्माण (ईपीसी) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इन्जिनीयरिङसँग २०७४ साल माघ २९ गते तीन करोड १८ लाख ४७ हजार अमेरिकी डलर र १ अर्ब ९१ करोड ४६ लाखमा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल तर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा सञ्चालन गर्नेछ । आयोजनाको समग्र भौतिक प्रगति ४७ प्रतिशत छ । आयोजनाको ३ दशमलव ८ किलोमिटर मुख्य सुरुङमध्ये १ दशमलव ८ किलोमिटर खनिएको छ । विद्युत्गृहको पहिलो चरणको खन्ने र सपोर्टको काम क्रमशः ७६ र ३५ प्रतिशत सकिएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको क्यास्केड भएकाले त्रिशूली ३ ‘बी’ले बाँध, बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर) लगायत संरचना बनाउनु पर्दैन । माथिल्लो त्रिशूली थ्री ‘ए’को विद्युत् गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ । सोही विद्युत् गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङसम्म ल्याउन आवश्यक पर्ने ‘बक्स कल्भर्ट’ बनाउन शुरू गरिएको छ । अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको छ । आयोजनामा ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ ।    आयोजनाबाट सुक्खायाममा (मङ्सिर १६ देखि जेठ १५ सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा (जेठ १६ देखि मङ्सिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाको विद्युत् गृहबाट करीब ३ किलोमिटर प्रसारण लाइनमार्फत त्रिशूली ३ ‘बी’ हब सबस्टेशनमा पु¥याई राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिनेछ । रासस

तनहुँ जलविद्युत् आयोजनामा व्यवस्थापक र मजदुरबीच तनाब, निर्माण ठप्प

१६ फागुन, तनहुँ । १४० मेगावाट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ को ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेशनका व्यवस्थापक र कार्यरत मजदुरबीच तनाब भएको छ । शुक्रबार राति विद्युत् गृहमा अपरेटर पुष्कर थापाले …

ऊर्जा क्षेत्रमा सरकार र निजी क्षेत्रको आगामी कदम

कोरोना महामारीले अहिले अधिकांश जलविद्युत् आयोजनाहरूको निर्माण ठप्प भएको छ । महामारीपछिको लक डाउनको कारणले चीनमा कोरोना संक्रमण बढ्दै जाँदा एक महिनादेखि जलविद्युत् आयोजनाको निर्माण रोकिएको छ । यसबाट मासिक रूपमा पौने तीन अर्ब रुपैयाँ थप भार परेको र ५० हजार श्रमिक कामविहीन भएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई इमेलमार्फत ध्यानाकर्षण गराइसकेको छ । २ अर्ब ८० करोडको मासिक थप भार परेको तथा २ खर्ब ८० अर्बको लगानीमा निर्माण भइरहेका २८ सय मेगावाट बढीका १ सय १५ जलविद्युत् आयोजनाको काम रोकिएर समस्या परेको इप्पानको दाबी छ । ऊर्जा मन्त्रालयले समेत क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ ।