अनुगमन टोली आएपछि पसलका सटर बन्द गरेर भागे व्यापारी

जिल्ला बजार अनुगमन समितिको टोली बिहीबार बाह्रबिसे बजार आइपुग्यो । जिल्ला प्रशासन, घरेलु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, उपभोक्ता र जनप्रतिनिधिको १४ जनाको टोली ७/७ जनामा बाँडिएर बजार अनुगमन थाल्यो । अनुगमन सुरु भएलगत्तै केहीबाहेक अधिकांश हार्डवेयर, मेडिकल, खाद्यसहित अन्य व्यापारी पसलका सटर धमाधम बन्द गरेर भाग्न थाले ।