सोह्र महिनामा काम सक्ने सम्झौता भएको पुल सात वर्षसम्म अलपत्र

ढोरपाटन (बागलुङ) – सात वर्षअघि निर्माण थालिएको अस्तु–ओडारबोट मोटरेवल पुल हालसम्म सम्पन्न हुन सकेको छैन। खोलाको वरिपरि ठडिएका दुई पिल्लर भत्कन थालेका छन्। फलामका रडमा खिया लागेको छ। विसं २०७४ माघ महिनामा सक्ने गरी निर्माण सुरु भएको मोटरेवल पुलको ४० प्रतिशत मात्रै काम सकिएको छ। बागलुङको ढोरपाटन नगरपालिका–५ अधिकारीचौरको अस्तु–ओडारबोट जोड्ने मोटरेवल पुल यतिबेला बेवारिसे […]

सम्बन्धित सामग्री

बजेट नहुँदा झोलुङ्गे पुल अलपत्र

झापा – बजेटको स्रोत सुनिश्चित नगरी निर्माण थालिएको मेचीनगर–१५ स्थित झोलुङ्गे पुल अलपत्र परेको छ। स्थानीयले पुल निर्माण अविलम्ब थाल्न मेचीनगर नगरपालिकालाई दबाब दिएका छन्। मेचीनगरको बिचार्नी बजार र हेल्दुबारी गाउँलाई जोड्ने यो झोलुङ्गे पुल निर्माणका लागि मेचीनगर नगरपालिका र थानी कन्स्ट्रक्सन प्रालिबीच २०७८ असार १५ गते सम्झौता भएको थियो। क्रमागत रुपमा सङ्घीय सरकारले बजेट […]

गण्डकीका केही सडक र पुल वर्षौँदेखि अलपत्र

कास्की : २०७३ असार २० गते ठेक्का सम्झौता भएर निर्माण शुरू गरिएको मनाङको नासोँ गाउँपालिकास्थित दूधखोला पक्की पुल वर्षौँदेखि अलपत्र छ। संघीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको आयोजनाको हालसम्मको भौतिक प्रगति ३० प्रतिशत मात्र छ। तत्कालीन जिल्ला विकास समिति छँदै ठेक्कामा गएको पुल ७ वर्ष बित्दा समेत बन्न सकेको छैन। निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पुल अलपत्र परेको पूर्वाधार विकास कार्यालय मनाङका सबइन्जिनीयर धनबहादुर गुरुङले बताए। ‘पुलको दुवैतिर जग मात्र बनेको छ, बाँकी अलप

६ वर्षसम्म पुल अलपत्र

खाडीचौर-चरिकोट-जिरी सडक विस्तारसँगै ठेक्का आह्वान भएका सुनकोसी र तामाकोसी नदीमा निर्माणका लागि दुई वर्षमा निर्माण गर्ने गरी ठेक्का आह्वान भएका पुल ६ वर्ष बितिसक्दासमेत अलपत्र परेका छन् । ४० वर्षअघि निर्माण भएका पुल जीर्ण हुँदै गएका र सडकअनुसारको भार क्षमता थेग्न नसक्ने भएसँगै पुल महाशाखाले तामाकोसीमा पुलको २०७३ भदौमा ठेक्का सम्झौता गरेको थियो । सडक […]

दुई जिल्ला जोड्ने मोटरेबल पुल अलपत्र

गुल्मी र पर्वत दुई जिल्ला जोड्ने मोटरेबल पुल अलपत्र परेको छ । गुल्मीको कालिगण्डकी गाउँपालिकाको पूर्तिघाट र पर्वतको बिहादी गाउँपालिकाको रानीपानी जोड्ने गरी निर्माण थालिएको पक्की पुल विगत ६ वर्षदेखि अलपत्र परेको हो ।तत्कालीन तम्घास–सिमलटारी–प्युठान सडक आयोजना गुल्मी र एलिट कन्स्ट्रक्सन प्रालि काठमाडौंबीच ३१ भदौ २०७३ गते सम्झौता भई निर्माण सुरु भए पनि पुल अलपत्र […]

गुल्मी पर्वत जोड्ने पक्की पुल अलपत्र

गुल्मी :  गुल्मी र पर्वत जोडने पक्की पुल निर्माणको कार्य लामो समय देखी अलपत्र परेको छ। गुल्मीको कालीगण्डकी गाउँपालिका पुर्तिघाट र पर्वतको वियादी गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदिमा निर्माण गर्न लागिएको पक्की पुल लामो समयदेखी यसै अलपत्र परेको हो।तत्कालिन तम्घास सिमलटारी प्युठान सडक आयोजना गुल्मी र एलिट कन्ट्रक्सन प्राली काठमाडौं बीच २०७३ साल भदौ ३१ गते १४ करोड ६७ लाख ७६ हजार ५०९ रुपैयाँ ११ पैसामा सम्झौता भएको थियो।सम्झौता अनुसार सो निर्माण व्यवसायीले २०७६ साल चैत ३० गते कार्यसम्पन्न गर्नु

बाह्र वर्षदेखि अलपत्र रहेको लम्सुवाघाटको पुल

१२ वर्षदेखि अलपत्र अवस्थामा रहेको भोजपुर र संखुवासभा जोड्ने लम्सुवाघाटको पुल । निर्माणमा ढिलाइ भएपछि निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ । स्वच्छन्द निर्माण कम्पनीले वि.सं २०६७ मा निर्माण सुरु गरेको पुल सम्झौताअनुसार वि.सं २०७० मा सक्नु पर्ने थियो । पुल निर्माणमा हालसम्म तीन करोड ८५ लाख खर्च भइसकेको कार्यालयले […]

दुई वर्षमा बन्नुपर्ने पुल ११ वर्षदेखि अलपत्र

दोलखाको गौरीशंकर गाउँपालिका–७ स्थित घट्टे खोलाको पुल दुई वर्षमा बनाउने गरी ठेक्का लिएको पुल ११ वर्षसम्म अलपत्र छ ।२०६८ साल २९ असारमा ठेक्का सम्झौता गरेको सर्बउद्धार–फ्रेन्डस–श्रेष्ठ जेभीले दुई वर्षभित्रै पूरा गर्ने गरी सम्झौता गरेको हो । समयमा पुल बनेको भए २०७० सालबाटै पुल सञ्चालनमा आउने थियो । तर ठेकेदारले सम्झौताबमोजिम पुल नबनाउँदा अहिलेसम्म पुल अलपत्र […]

काभ्रे र मकवानपुर जोड्ने निर्माणाधीन पुल अलपत्र

काभ्रे : काभ्रेपलाञ्चोक र मकवानपुरको सिमानामा रहेको बागमती खोलामा निर्माणाधीन पक्की पुलको म्याद थपिए पनि अझै अलपत्र रहेको छ। काभ्रेको खानीखोला गाउँपालिका–५ र मकवनपुरको बागमती गाउँपालिका–५ सिक्रे दोभानस्थित् बामगती खोलामा निर्माणाधीन पुल समयमा नसक्दा अलपत्र परेको हो।२०७४ असार ३० मा महाविर/शिखर.तामाकोशी जेभीले २०७६ भदौ ३० मा निर्माण पूरा गर्ने सम्झौता गरेको थियो। सम्झौता अवधिमा पुल निर्माण पूरा नभएपछि २०७७ फागुन १४ सम्मका लागि म्याद थप गरिएको थियो। तर‚ थपिएको म्याद सकिँदा समेत १२

तीन प्रदेश जोड्ने पुल निर्माण अलपत्र, नौ वर्षमा तीनवटा पिलरमात्रै

नन्दराम जैसी (गौतम)सुर्खेत : तीन प्रदेश जोड्ने उद्देश्यले सुर्खेतको भेरी नदीमा बनाउन थालिएको पक्की पुल निर्माण कार्य अलपत्र छ। ठकेदारको लापरवाहीले सुर्खेतको बराहताल गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाको सिमाना रानीघाटस्थित भेरी नदीमा बन्न लागेको पुल अलपत्र परेको हो। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश जोड्ने उद्देश्यले २०६९ असार २९ गते ठेक्का सम्झौता गरी पप्पु–मल्ल जेभी कन्स्ट्रक्सनले पुल निर्माण कार्य थालेको थियो। तर‚ पुल निर्माण सुरु भएको नौ वर्ष बित्दासमेत तीनवटा पिलरमात्र

सम्झौताको तीन वर्षसम्म पुल निर्माण अलपत्र

कञ्चनपुरको लालझाडी गाउँपालिकास्थित देखतभुली–पर्सिया जोड्ने पुल ठेक्का सम्झौता भएको लामो समय बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । पुलको निर्माणकार्य अलपत्र पर्दा ठेक्का सम्झौता सम्पन्न भएको तीन वर्षसम्म पनि पुल निर्माण सम्पन्न हुन नसकेको हो ।वि.सं २०७२ सालमा पुलको ठेक्का सम्झौता भएर २०७२ सालकै पुस २५ देखि सुरु भएको पुलको निर्माणकार्य झण्डै तीन वर्षदेखि ठप्प […]