अन्तर्राष्ट्रिय र वातावरण कानुनका ज्ञाता कटक मल्लको ‘न्याय–अन्याय : कानून, भू राजनीति र कूटनीति’ किताब सार्वजनिक भएको छ । मल्ल स्विडेनको स्टकहोम, काल्सटा र उमियो विश्वविद्यालयमा अध्यापनमा सक्रिय छन् । मल्लको किताबमा कानून, राजनीति, मानवअधिकार, न्यायपालिका, भू–राजनीति÷कूटनीति, पर्यावरण लगायतका विषय समेटिएका छन् ।