बहालवाला सरकारी कर्मचारी, शिक्षक र प्राध्यापकले माधव नेपालको पार्टी सदस्यता नपाउने

 काठमाडौँ । ‘जुन हिसाबको संस्कार, जुन किसिमको परिपाटी केपी ओलीले स्थापित गर्न खोज्नुभएको छ त्यो भन्दा नितान्त भिन्न यो हुनेछ’, नव गठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बुधबार निर्वाचन आयोगले आफ्नो पार्टीलाई मान्यता दिएपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘यो पार्टी क्रान्तिकारी र संस्कारयुक्त हुनेछ ।’केपी ओलीले एमाले पार्टीलाई निजी कम्पनी ठानेर आफूहरूलाई निष्कासन गरेपछि नयाँ पार्टी गठन गर्न बाध्य भएको बताएका नेपालले विद्रोहीहरूको पार्टी भएकाले