कोरोना व्यवस्थापनका लागि भारतलाई सहयोग गर्ने चीनको प्रस्ताव

भारतमा कोरोनाभाइरसको प्रकोप बढिरहेको बेलामा चीनले बिहीवार आवश्यक सहयोग तथा सहायता उपलब्ध गराउने प्रस्ताव गरेको छ ।  यस विषयमा सोधिएको प्रश्नमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले कोभिड–१९ महामारी मानवताको शत्रु भएको र यसको निवारणका लागि अन्तर्राष्ट्रिय एकता तथा पारस्परिक सहायता आवश्यक रहेको बताए ।  उनले भने, ‘भारतमा कोरोनाका कारण हालत बिग्रिएको र चिकित्सा आपूर्तिमा समस्या रहेको चीनलाई थाहा छ । महामारीमा नियन्त्रणका लागि चीनले भारतलाई सम्भव भएसम्म सहायता उपलब्ध गराउनेछ ।’ ...