काठमाण्डाै - कर्णालीलगायत दुर्गम क्षेत्रमा दशैँ/तिहार, छठ जस्ता मुख्य चाडपर्वमा अत्यावश्यक खाद्यान्नको अभाव हुन नदिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।
कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले सरकारले दिएको बजेट सीमाभित्र रहेर जनघनत्व र आवश्यकताका आधारमा निर्धारण गरिएको कोटाअनुसार खाद्यान्न उपलब्ध गराउने बताउनुभएको छ ।
अत्यावश्यक खाद्यान्न उपलब्ध गराउन टेण्डर भइ ढुवानीको काम सुरु भइसकेको तर कतै टेण्डर नपरेर समस्या देखिएकाले छोटो प्रक्रियाका आधारमा हेलिकप्टरद्वारा पुर्याउने तयारी भइरहेको निर्देशक चन्...