हामीलाई निजगढ विमानस्थल चाहिन्छ : बाबुराम भट्टराई

काठमाण्डाै – जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबने नेपालकाे विकासमा दूरगामी असर पर्ने टिप्पणी गर्नुभएकाे छ । निगजढ विमानस्थल बनाउने निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाले देशकाे विकासमा दूरगामी असर पार्ने उहाँले टिप्पणी गर्नुभएको हाे । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले याे विमानस्थलको विकल्प नरहेको तर्कसमेत गर्नुभयो ।  आज शुक्रवार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले वीरगञ्जजस्तो देशको ...

सम्बन्धित सामग्री

सर्वोच्चको फैसलाले देशको विकासमा दूरगामी असर पर्छ : बाबुराम भट्टराई

शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफमा डा. भट्टराईले वीरगञ्जजस्तो मुलुकको सबैभन्दा महत्वपूर्ण व्यापारिक नाकालाई काठमाडौंसँग जोड्न निजगढ विमानस्थल भरपर्दो हुने बताउनुभयो ।

सर्वोच्चले बन्चरो प्रहार गरेछ, लज्जित छु : बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले निजगढ विमानस्थल निर्माण रोक्न अदालतले दिएको आदेशप्रति आपत्ति जनाएका छन्। देशको महत्त्वपूर्ण परियोजना रोक्न अदालतले आदेश दिँदा आफू लज्जित भएको पनि भट्टराईको टिप्पणी छ। ‘मैले राष्ट्रिय गौरवका परियोजना घोषणा गर्दा काठमाडौँ–तराई फास्टट्रयाक र निजगढ विमानस्थललाई संयुक्त १ नम्बर र बुढीगण्डकी जलाशययुक्त विद्युत् […]