वैशाख २५, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेश प्रहरी कार्यालय, विपद् व्यवस्थापन गुल्म बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक(प्रनानि) रुपनारायण महतोविरुद्ध घूस लिएको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
आयोगले आइतवार प्रनानि महतोविरुद्ध ३८ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा आइतवार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।