काला, चिल्ला सडक सुनसान थिए । सेनाका बख्तरबन्द गाडी दौडन थालिसकेका थिए । पुतलीसडकको शंकरदेव कलेजबाट रामशाहपथको सर्वोच्च अदालत जाने त्यो व्यस्त सडकमा बिहानको साढे एघार बजे जम्मा बीस जना मानिससँग पनि भेट भएन होला । सडकमा निजी गाडी नगण्य मात्रामा चलेका थिए । जो मानिससँग जम्काभेट हुन्थ्यो उनीहरू त्रासको भावनाले एकअर्कालाई हेरिरहेका थिए । […]