जाहेरी दिने किशोरीको तीन वटा जन्म मिति, कुनलाई मानिएला आधिकारिक ?

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरीको उमेर विवाद यतिबेला सर्वाधिक चासोको विषय बनेको छ । पीडित किशोरीको तीन वटा जन्म मिति प्रकाशमा आएसँगै कुन मितिलाई आधिकारिक मानिएला भन्नेबारे चासो बढेको हो ।स्रोतबाट रातोपाटीलाई प्राप्त कागजातमा सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवादका सम्बन्धमा निरुपण गर्नका लागि काठमाडौं जिल्ला अदालतले माग गरेको कागजातमा किशोरीको जन्म मिति सरकारी अभिलेखमा २०६१ असार १८ गते उल्लेख रहेको पाइएको छ ।यसअघि किशोरीको जन्ममिति २०६१ जेठ १८ गते रहेको