फ्रेन्च लिग वानमा युवा स्ट्राइकर केलिएन एम्बापेले सय गोल पूरा गरेका छन्। उनले आइतबार भएको खेलमा दुई गोल गरेपछि सय गोलको कोसेढुंङ्गा पूरा गरे। मोनाकाविरुद्धको खेलमा पिएसजीले २-० को जित निकाल्दा दुबै गोल एम्बाप्पेको नाममा रह्यो।पिएसजीका लागि एम्बाप्पेले १२ औं मिनेटमा पहिलो गोल गरे। एन्जेल डि मारियालाई जिब्रिलले फल गरेपछि पाएको पेनाल्टीलाई एम्बाप्पेले सदुपयोग गरेका थिए।पहिलो हाफमानै अग्रता दोब्बर बनाउने क्रममा एम्बापेले ४५ औं मिनेटमा लिग वान करिअरमा एक सयौं गोल पूरा गरे। उनले लियोनेल मेसीको पासलाई