प्रधानमन्त्रीज्यू ! ६० लाख युवातिर फर्कनुस् !

म नेपाल सरकार र सम्माननीय प्रधानमन्त्रीज्यूलाई ६० लाख युवातर्फ फर्कन र उनीहरूको विश्वास जित्न, उनीहरूकै सुखमा रमाएर दुःखमा मल्हमपट्टी लगाइदिन आग्रह गर्दछु । ६० लाख युवाको साथ लिनुभयो भने हाम्रो विकासका लागि कसैलाई गुहार मागिरहनुपर्दैन ।