एसएसपी यादव मृत्यु प्रकरण : छानबिन आयोग गठन गर्न माग

सरकारी क्वार्टरमै आत्महत्या गरेको भनिएका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सुशीलकुमार यादवको परिवारले घटनाको छानविनका लागि उच्च स्तरीय न्यायिक आयोग गठनको माग गरेको छ । एसएसपी यादवकी श्रीमती रुपम कुमारी यादवले आज एक प्रेस विज्ञप्ति जारी गरी सो माग गरेकी हुन् । एसएसपी यादवले पुस ११ गते संघीय प्रहरी इकाई कार्यालय भैरहवामा कार्यरत थिए । उनी सरकारी क्वार्टरमा आत्महत्या गरेको भनिएको छ । यद्यपी प्रहरीले त्यसको छानविन गरिरहेको छ । एसएसपी यादवको मृत्युलाई पारिवारिक कारण हुनसक्ने भनिएको कुरा प्रति पनि