काभ्रे : राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न जिल्लाका प्रतिनिधि सभा क्षेत्रको उम्मेदवारका नाम सार्वजनिक गर्न थालेको छ । पार्टीका सभापति रवि लामिछाने भने कहाँबाट चुनाव उठ्ने भन्ने टुंगो लागेको छैन ।यसैबिच सभापति लामिछानेले काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने संकेत गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेका सचिव सुशीलराज गिरीका अनुसार यसअघि काठमाडौं–५ वा चितवन–३ मध्ये एक क्षेत्रबाट चुनाव लड्ने योजना बनाएको भए पनि उनी अब काभ्रे–२ बाट चुनाव लड्ने तयारी