सन्तान पाउने रहरमा ठाडोबत्ती बालेर रातभर जाग्राम

लमजुङको मध्यनेपाल–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरमा एक हजारभन्दा बढी भक्तजनले ठाडो बत्ती बालेका छन् । सन्तान प्राप्तिको विश्वाससहित महाशिवरात्रिको अवसरमा विभिन्न जिल्लाबाट आएका भक्तजनले रातभर उभिएर बत्ती बालेका हुन् । इशानेश्वर मन्दिरमा शिवरात्रिको अवसरमा काठमाडौंको पशुपतिनाथपछि धेरै भक्तजनको घुइँचो लाग्ने पवित्र तीर्थस्थल मानिन्छ । इशानेश्वर महादेवलाई सन्तानेश्वर महादेवको रूपमा पुज्ने चलन छ । सन्तान नभएका दम्पतीहरू महाशिवरात्रिको अवसर पारी मन्दिर परिसरमा रातभरि उभिएर जाग्राम बसी ठाडो बत्ती बाल्ने गर्दछन् ।

सम्बन्धित सामग्री

थारु आन्दोलनको रूपमा माघी

नेपालका आदिवासी भूमिपुत्र थारु समुदायको विभिन्न चाडपर्वमध्ये महान् एवं राष्ट्रिय पर्व हो माघ । यो पर्व थारु समुदायको आफ्नै गणप्रथा भित्रको नयाँ वर्षको रूपमा रहेको छ ।  दुना टपरी, काठ दाउरा गर्ने, जिता खोज्ने, खानपानको जोहो गर्दै, नाताकुटुम्ब, इष्टमित्रहरुलाई निमन्त्रणा गर्दै महिनौँ अघिदेखि पर्वको तयारी गरिन्छ । पुस मसान्तको दिन सुँगुर/बङ्गुर/खसी “जिता मार्ने”, सोही दिन आगोको धुनी बाल्दै डफ र मादल सँगै ढुमरु गाउँदै रातभर जाग्राम रहन्छन् । माघ १ गते सबेरै भालेको डाकसंगै नजिकको खोला, नदी, ताल, तलैया आदिमा स्नान गरिन्छ । जसलाई “माघ लहान” भनिन्छ ।  स्नान पश्चात पूजा र भाकल गरे सन्तान सुख प्राप्ति र...