जनमत पार्टीका अध्यक्ष राउत सरकारमा सहभागी नहुने, उपाध्यक्ष खान उद्योगमन्त्री बन्ने

काठमाडौं, ११ पुष । जनमत पार्टीले सत्ता गठबन्धनमा उद्योग मन्त्रालय पाएको छ । सो दलले पार्टीका उपाध्यक्ष अब्दुल खानलाई सो मन्त्रालयमा पठाउने निर्णय गरेको हो । सो दलबाट अध्यक्ष सिके राउतलाई सरकारमा सहभागी हुन दबाब थियो । तर, राउतले आफू अहिले सरकारमा सहभागी नहुने स्पष्ट पारे ।